राजावादीको प्रदर्शन हुन थालेपछि प्रशासनले भन्यो– भिडभाड हुने गतिविधि नगर्नू

बिएल संवाददाता

काठमाडाै‌ं

राजावादीसहितको प्रदर्शन हुन थालेपछि काठमाडौंमा भिडभाडजन्य गतिविधि नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा विभिन्न माग राख्दै राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधिहरु बढेको पाइएकाले सोसँग सम्बन्धित सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न आग्रह गरेको हो। 

पछिल्लो समय काठमाडौंमा राजावादीसहित विभिन्न समूह र संघ संगठनको प्रदर्शन हुँदै आएको छ। त्यस्ता गतिविधि सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको स्थितिलाई भयावह बनाउन सक्ने भएकाले प्रशासनले भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो। 

‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र  त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमको भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन २०२० को विपरित हुने भएकाले त्यस्तो भिडभाडजन्य गतिविधि नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग गर्नहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ’, प्रशासनको विज्ञप्तिमा भनिएको छ। 

यसका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत अनुरोध गरेको छ। 

संक्रमणका बीच जुलुस तथा प्रदर्शन भएमा कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ। 

‘जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना नै यसबाट बच्ने मुख्य उपाय भएको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्नुरगराउनु नागरिकको दायित्व हुनेछ,’ प्रशासनले भनेको छ। 

प्रकाशित मिति: : 2020-12-01 13:16:00

प्रतिकृया दिनुहोस्