२७ वर्षदेखि अलपत्र बुटवलको 'मेलम्ची'को कथा : स्रोत छ, बजेट छ, तर योजना अझै शुरूकै बिन्दुमा !

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर

प्रकाश आचार्य

खानेपानीको चरम समस्या भोग्दै आइरहेको बुटवलमा आजभन्दा २७ वर्ष अगाडि पाल्पाको सिस्नेखोलाको पानी बुटवल ल्याउन योजना अगाडि बढाइयो । तत्कालीन बुटवल नगरपालिकाको पहलमा नेपाल खानेपानी संस्थानको योजनामा ३ करोड रुपैयाँ केन्द्रीय बजेटमा पानीको अभाव पूर्ति गर्ने पहल थालियो । 

मुहानको ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छ्याउने काम समेत अगाडि बढिसकेको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन । त्यसै बेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायाँमा पर्‍यो । खानेपानी बुटवल ल्याउँदा मुहानमुनिका बस्तीमा पानी अभाव हुने भनेर लगदुवाका गाउँलेले विरोध समेत गरे, जसले गर्दा ३ करोड खर्चिएर काम भएको त्यति ठूलो सिस्नेखोला खानेपानी आयोजना अलपत्र पर्‍यो ।

२०५१/०५२ सालमा ठूलो लगानी गरिएको आयोजना अलपत्र भएपछि बुटवलवासीमा ठूलो निरासा छाएको बताउँछन् तत्कालीन बुटवल नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठ । 

उनी भन्छन्, ‘ठूलो महत्त्वको योजना सरकार परिवर्तन निर्वाचन र ‘हाइड्रो प्रोजेक्ट’ आउँदा बुटवलवासीलाई त्यो बेलाको पानी खुवाउने सपना अझै पूरा भएको छैन । म मेयर हुँदा पनि तदारुकता देखाएँ । तर, विभिन्न अल्झनले काम अलपत्र भयो ।’ 

प्रकाशित मिति: : 2020-12-01 13:40:00

प्रतिकृया दिनुहोस्