महासचिवको जन्मदिन मनाएर सुरु गरियाे नेकपा सचिवालय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए। 

त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रकाशित मिति: : 2020-12-01 14:44:00

प्रतिकृया दिनुहोस्