राजनीतिमा सांस्कृतिककर्मीको प्रयोग स्वार्थका लागि मात्र भयो

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

पुराना फिल्म निर्देशक हुन् तीर्थ थापा । ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायत फिल्म निर्देशन गरेका उनी फिल्म क्षेत्रमा कलाकार, निर्माता, निर्देशकका रूपमा चिनिदै आएका छन् । नाट्य क्षेत्रबाट कलाकारिता गर्दै फिल्म क्षेत्रमा होमिएका उनले विसं २०५१ देखि २०५४ सम्म सडक नाटक लिएर चेतना फैलाउन देशका थुप्रै  जिल्ला पुगेका छन् । नाटकमा अभिनयदेखि निर्देशनसम्मको जिम्मेवारी निर्वाह गर्दै आएका वरिष्ठ चलचित्रकर्मी थापा पछिल्लो समय नेपाली काँग्रेस निकट कलाकर्मीको शुभेच्छु संस्था नेपाल सांस्कृति सङ्घको केन्द्रीय अध्यक्ष पनि हुन् ।

२०६२ सालमा स्थापना भएको सांस्कृतिक सङ्घको जग बसाल्ने काम भने २०५३, ०५४ सालतिर गिरिजाप्रसाद कोइरालाले गरेका थिए । तर संस्थाका रूपमा पूर्णता भने २०६२ मा पाएको हो । २०६३ सालमा भने नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शुभेच्छुक संस्थाको रूपमा मान्यता दिएको थियो ।

उनी अहिले यो संस्थालाई पार्टीको भ्रातृसंस्थाको मान्यता दिलाउने अभिनयमा लागेका छन् । साथै थापा संस्कृतिक सङ्घमा आबद्ध मात्र होइन पूरै देशका कलाकर्मीको अवस्था सुधारका लागि केही न केही अभिनयानमा पनि । यता माउ पार्टी काँग्रेसको आसन्न १४ औं महाधिवेशनबाट संस्कृतिक सङ्घ पनि अछुतो छैन ।

काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सांस्कृतिक सङ्घले खेल्ने भूमिका, सङ्घलाई भ्रातृसंस्थाको मान्यता दिलाउने पहल र समग्र सांस्कृतिककर्मीको उन्नतिका लागि अब खेल्ने भूमिकाका विषयमा थापासँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

 

प्रकाशित मिति: : 2020-12-02 12:31:00

प्रतिकृया दिनुहोस्