कोरोना भाइरसबाट विश्वमा १४ लाख ८२ हजारभन्दा बढीको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १४ लाख ८२ हजार २४० व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले बुधबार  अपराह्नमा जानकारी दिएको छ 

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड ३८ लाख ७ हजार ६५ व्यक्ति संक्रमित भइसकेका छन् । 

तीमध्ये ४ करोड ६९ लाख ५ हजार ७०० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट  मंगलबार, एकै दिनमा विश्वभरी १३ हजार १८६ जनाको मृत्यु भएको छ ।  

छ लाख २५ हजार ३०१ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा मेक्सिको र तेस्रोमा र इटाली रहेका छन् । 

अमेरिकामा मङ्गलबार एकै दिनमा २ हजार ५६२ जनाको मृत्यु भएको छ भने  मेक्सिकोमा ८२५ र इटाली ७८५ को मृत्यु  भएको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ७० हजार ६९१ जनको मृत्यु भएको छ । 

अमोरिकामा १ करोड ३७ लाख २६ हजार ३०६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन्  भने ती मध्ये ५२ लाख २६ हजार ५८१ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ७३ हजार ८१७ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ६३ लाख  ८६ हजार ७८७ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख ३८ हजार १२२ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ९४ लाख ९९ हजार ४१३ कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६ हजार ७६५ जनाको मृत्यु भएको छ भने ११ लाख २२ हजार ३६२ जना सङ्क्रमित भएका छन् ।संयुक्त अधिराज्यमा ५९ हजार ५१ जनाको मृत्यु भएको छ भने १६ लाख ४३ हजार ८६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ८६ हजार ५०० भन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको जानकारी दिएको छ ।

धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।

प्रकाशित मिति: : 2020-12-02 20:06:00

प्रतिकृया दिनुहोस्