बाँकेमा अनेरास्ववियु नगर संयाेजकमाथि खुकुरी प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव)माथि खुकुरी प्रहार भएको छ । 

बुधबार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलय नजिक उनलाई खुकुरी प्रहार भएको हो । 

अफिसकाे काम सकेर नेपालगन्जबाट फर्किएर घर जाने क्रममा  उनी माथि खुकुरी  प्रहार भएकाे बताइएकाे छ । 

रातिकाे समयमा पछाडिबाट  अपरिचित समुहले हमला  गरेकाे उनले बताए । खुकुरी प्रहारबाट मानवकाे टाउकोमा  चाेट लागेकाे छ । 

`रातिकाे समयमा म कामबाट घर फर्किदै थिए । नगरपालिकाकाे कार्यालय नजिकै म माथि खुकुरी प्रहार भयाे । दाेषि माथि कारबाहीकाे माग गर्दछु,´ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने ।

अहिलेसम्म घटना कसले किन र कुन उद्वेश्यले  गर्यो भन्ने खुलेको छैन । आक्रमणबाट टाउकोमा चोट लागेका उनको स्वास्थ्य स्थिती अहिले सामान्य रहेको छ । 

युवामाझ लोकप्रिय उनी वर्तममान राजनीतिक घटनाक्रममाथि पेचिलो टिप्पणी गर्दै आएका थिए । 

उनी पुर्व माओवादी पक्षमा हुन् । यता इलाका प्रहरी कार्यालय काेहलपुरले घटनामा संलग्नहरूकाे खाेजि भइरहेकाे जनाएकाे छ।

प्रकाशित मिति: : 2020-12-03 10:03:00

प्रतिकृया दिनुहोस्