न परदेश सोचेजस्तो भयो, न स्वदेश

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

 हिजोआज भारी कुर्दाकुर्दै बिहान बित्छ। कुनै दिन भारी पाइहालिन्छ पनि। कुनै दिन त उनलाई एउटा भारी बोकेर २० रुपैयाँ पनि कमाउन मुस्किल पर्छ । धन्न कालीमाटी तरकारीका स्टल सफाइको काम पनि पाएका छन् र सिन्धुपाल्चोकका दीपेश तामाङलाई थोरै भए पनि राहत मिलेको छ । होइन भने त कति दिनसम्म पो भोकै बस्नुपर्ने हो के थाहा? 

‘आज यो बेलासम्म एउटा काम पनि आएन। अब स्टल सफा गर्दा साहुले पैसा दिए खान पाइन्छ, नत्र त के खानु खै ?’ बिहानको ११ बजिसक्दा पनि भारी नभेटेपछि दिपेशको रुन्चे स्वर सुनिन्छ । हुन पनि नियतिले यतिबेला उनलाई रुनु न हाँस्नु बनाइ दिएको छ। 

कोरोना महामारीअघि ज्यामी काम गर्दै आएका दीपेशको त्यो काम महामारी सुरु भएसँगै ठप्प भयो। काम मात्र ठप्प भएको भए त हुन्थ्यो, पेट भर्ने बाटो नै ठप्प हुन थाल्यो। त्यसपछि भोकले छटपटिएका उनले कालीमाटी तरकारी बजारमा भारी बोक्न थाले। अन्यत्रको रोजगारी ठप्प हुँदै गएपछि कालीमाटीमा भारी बोक्नेहरुको चाप बढ्दै गएको थियो। त्यसपछि उनले त्यहाँ भारी पनि मुस्किलले मात्र पाउन थाले। 

कति दिन त भारी पनि पाएनन्। भारी बोक्न नपाएपछि भोकसँगै छट्पटाए। सुरुमा भोकसँग जुध्न पनि उनलाई निकै कष्ट परेको थियो। तर पछि बिस्तारै बानी पर्दै गयो । हिजोआज त उनको भोकसँगै जिउने आदत बनिसकेको छ। 

प्रकाशित मिति: : 2020-12-04 13:46:00

प्रतिकृया दिनुहोस्