चितवन र कास्कीमा दुई कोरोना संक्रमितको मृत्यु

चितवन र कास्कीमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

चितवनको कालिका नगरपालिका ४ बस्ने ४९ वर्षीय पुरुष र पोखरा महानगरपालिका ८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो।  

चितवनकी महिलाको उपचारको क्रममा भरतपुर अस्पतालमा बिहीबार राती मृत्यु भएको हो।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए। 

कोरोना संक्रमित ती पुरूषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोही दिन कोभिड आईसीयूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। 

यता पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा पोखराकी ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो। 

उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
 

प्रकाशित मिति: : 2020-12-04 14:57:00

प्रतिकृया दिनुहोस्