थप १२ सय ७२ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएकाे छ। 

शुक्रबार १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको मन्त्रालये जनाएकाे छ।

हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने ५ सय ३७ जना क्वारेन्टाइनमा छन्।
 

प्रकाशित मिति: : 2020-12-04 16:26:00

प्रतिकृया दिनुहोस्