बाङ्गे बजार

बिएल संवाददाता

म्यानम्यार(बर्मा)

मालिनी छन्दमा एउटा गजल-

चहल पहल ज्यादै आज बाङ्गे बजार।
दिन दिन छ यसैको आय लाखौँ हजार। 

घर घर दगुरेरै दूध बेच्ने हरूको
पल पल पिरलोले चढ्छ तातो बुखार। 

तर जति पनि टाढा दारुको  होस् न भट्टी
सुखसित पुगिजान्छन् प्यासिला बार बार। 

अमृतसरह मीठो मानियो हेर दारु
थरि थरि निहुँ पारी प्यूँन मान्छे तयार। 

घरजम मदिराले जोड्छ -काहीँ -बिगार्छ
जन जन खुब हाबी-भो-यही मुख्य सार।

प्रकाशित मिति: : 2020-12-05 12:24:00

प्रतिकृया दिनुहोस्