भूमिको विषयलाई छाडेर भारतसँग अन्य विषयमा संवाद हुँदैन : राजन भट्टराई [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

पछिल्लो केही समय भारत तथा चीनबाट लगातार नेपाल भ्रमण भइरहेका छन्। भारतबाट डेढ महिनाकै बीचमा तीनवटा चर्चित भ्रमण भयो भने चीनबाट उच्च तहको भ्रमण भयो। नेपाल-भारतबीच केही महिनायता रोकिएको संवादलाई पछिल्ला भ्रमणले पुन सञ्चालनमा ल्याएको छ। जसले प्रशस्तै चर्चा पाएको छ।

यी भ्रमणहरुका स्वभाविकता/अस्वभाविकता, भ्रमणका सन्दर्भ, संवाद र परिणामका विषयमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईसँग दुर्गा दुलाल र किशोर दहालले गरेको कुराकानीः

दुई छिमेकी मुलुकहरु चीन र भारतबाट भर्खरै नेपालमा महत्त्वपूर्ण भ्रमणहरू भएका छन्। यसलाई सामान्य प्रक्रियाको रुपमा लिन सकिन्छ? कि, केही अतिरिक्त अर्थ पनि छ?
यी एकदम स्वभाविक भ्रमणहरु हुन्। हामीले दुवै छिमेकी देशसँगको सम्बन्धको महत्त्वलाई जुन रुपमा बुझेका छौं, विश्वासको सम्बन्ध कायम गर्दै हाम्रो राष्ट्रिय आकांक्षा र आवश्यकतालाई अगाडि बढाउन खोजेका छौं। त्यस हिसाबले दुवै छिमेकी मुलुकको सम्बन्धलाई सहजतातर्फ लगेर अझ फराकिलो बनाउने हाम्रो उद्देश्य हो। यस किसिमका उच्च तहमा हुने भ्रमण र संवादले थप सहयोग पुर्‍याउँछ भन्ने हाम्रो मान्यता छ। यो भ्रमणले पनि सकारात्मक भूमिका खेलेको छ।

भारतसँग केही समयदेखि संवादहिनताको स्थिति थियो। त्यसलाई अन्त्य गर्दै जानुपर्छ भन्ने दुवै तर्फको उच्च स्तरीय सहमति, विशेषगरी दुवै देशका प्रधानमन्त्रीको टेलिफोन संवाद (अगष्ट १५) भयो, त्यसअनुरुप नै संवादका कामहरु भइरहेका छन्। चीनसँग हाम्रो समस्या छैनन्। गत वर्ष नेपालबाट उपप्रधान तथा रक्षामन्त्रीको भ्रमण भएकाले त्यसको रेसिप्रोकलको रुपमा चिनियाँ रक्षामन्त्रीको भ्रमण भएको हो। यसलाई त्यही रुपमा बुझ्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।

प्रकाशित मिति: : 2020-12-06 16:50:00

प्रतिकृया दिनुहोस्