अटो दुर्घटना हुँदा चालकसहित चारजना घाइते

माडीमा पछिल्लो समय बाटो कालोपत्रे भएसँगै तीब्र गतिका कारण दुर्घटना हुनेक्रम बढ्दै गएको छ । 

आइतबार बिहान माडी २, चितही खोला किनारमा अटो दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका हुन् । 

दुर्घटनामा अटो चालक माडी २ निवासी समुन महतो सामान्य घाइते भएका छन् भने यात्रीहरु माडी १ बरुवा निवासी शंकनाथ तिमिल्सिना, सुमन महतो र बिष्णुप्रसाद कँडेलको अवस्था मध्यम किसिम रहेको  ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ। 

बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको प्रदेश नं ३–०३–००१ ह ५०८ नम्बरको तीनपाङ्ग्रे अटो तीब्र गतिका कारण अनियन्त्रित हुँदा बिहान करिब ८ बजे चितही खोला किनारको बाटो छेउमा पल्टिएको थियो। 

घाइतेहरुलाई थप उपचारका लागि भरतपुर पठाइएको छ।

प्रकाशित मिति: : 2020-12-06 17:29:00

प्रतिकृया दिनुहोस्