अब सगरमाथाकाे उचाइ ८ हजार ८ सय ४८.८६ मिटर !

दीप सुवेदी

काठमाडाै‌ं

सरकारले चीन र नेपालबीच सगरमाथाको बारेमा ऐतिहासिक साझेदारी भएको भन्दै मंगलबार नयाँ उचाइ सार्वजनिक गरेको छ। 

परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेर सगमाथाको उचाइ सार्वजनिक गरिएको हो।

नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  सगरमाथाको उचाइ शून्य दशमलव ८६  सेन्टिमिटर बढेको जानकारी दिएका हुन्।

‘पहिला सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ पुगेको छ,’ उनले बिएल नेपाली सेवासँग भने। 

सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन्।

चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थिए। 

उनीहरुले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो।

तर, उक्त नाप नेपालले मानेको थिएन। नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन गरेको थियो।

जसका कारण नेपाल र चीनको सीमाना छुट्याउने सगरमाथाको वास्तविक उचाइलाई लिएर दुई देशबीच लामो समयदेखि मतभिन्नता रहँदै आएको थियो।

तर, गएको वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाडौं नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति कायम गरेका थिए।

उक्त सहमति पछि कोरोनाभाइरस महामारीका कारण सगरमाथाको आरोहण नेपालतर्फबाट बन्द रहँदा चीनले उत्तरी मोहडाबाट उचाइ मापनमा संलग्न प्राविधिक सहितको टोली चीन गएको थियो।
 
नेपाल एक्लैले अघि बढाएर सगरमाथाको उचाइ मापन अभियानमा उत्तरी छिमेकी बेइजिङ पनि मिसिन पुगेको थियो।

‘चीनले आफ्नो तर्फबाट र हामीले हाम्रोतर्फबाट सगरमाथाको उचाइ नापेका थियौं। चीन र नेपालको हिउँसहित उचाइ एउटै आयो,’ उनले भने।

गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले झन्डै दुई साताअघि सगरमाथाको उचाइ गर्ने भन्दै निर्णय अनुमोदन गरेको थियो।

‘यो शुद्ध र वैज्ञानिक काम गरेका हौँ। दुवै देशले सर्वेक्षण सम्बन्धी कामहरू सम्पन्न गरी तथ्याङ्क प्रशोधन गरेपछि प्राप्त अन्तिम अंङ्कलाई नेपालको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ र त्यसलाई दुवै देशले संयुक्त रूपमा सार्वजनिक गरेका हौं,’ मन्त्री ज्ञवलीले भने। 

उनका अनुसार सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए।

भूउपग्रहण प्रणाली र रेडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरिएको थियो।

मन्त्रिपरिषद्ले उचाइलाई अनुमोदन गरेपछि भूमिव्यवस्था मन्त्री अर्यालले यसै महिनाभित्र चीन र नेपालले संयुक्त रूपमा उचाइ सार्वजनिक गर्ने छिन्।

नेपालको नापि विभागले एउटा अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गर्दै एकल रूपमा सन् २०१७ बाट सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको थियो।

विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ मा गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाउँदै नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका गरेका थिए। 

केही विज्ञहरूले भूकम्पका कारण सगरमाथा भास्सिएको हुनसक्ने अनुमान समेत लगाएका थिए। 

सबै तस्वीर: गगनराज न्याैपाने
 

प्रकाशित मिति: : 2020-12-08 12:04:00

प्रतिकृया दिनुहोस्