कोरोनाका कारण इंग्ल्याण्ड र अफ्रिकाको एकदिवसीय शृंखला रद्द

बिएल संवाददाता

जोहनेसवर्ग

कोरोनाका कारण इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरूद्धको क्रिकेट शृंखला रद्द भएको छ। 

दुबै टिमको क्याम्प र स्टाफमा कोरोना देखिएपछि सोमबार ढिलो गरि यो फैसला लिइएको हो। 

यसअघि एक जना अफ्रिकी खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि ४ डिसेम्बरमा हुने भनिएको पहिलो एकदिवसीय आइतबारसम्मका लागि रद्द गरिएको थियो। 

तर, होटलको स्टाफ र अन्य खेलाडीमा पनि कोरोना संक्रमण भेटिएपछि पहिलो र दोस्रो एकदिवसीय पनि रद्द गर्नुपरेको थियो 

अफ्रिकी क्रिकेट बोर्ड र इंग्ल्याण्ड क्रिकेट बोर्डले संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै खेलाडीको मानसिक र शारीरिक स्वास्थ्यलाई ध्यानमा राख्दै शृंखला रद्द गरेको बताएका छन्। 

इंग्ल्याण्ड तीन एकदिवसीय शृंखला खेल्न हालै अफ्रिका गएको थियो।
 
इंग्ल्याण्ड जुन होटलमा बसेको थियो, त्यहाँका २ स्टाफमा कोरोना पोजेटिभ देखिएको थियो। यसअघि भएको ३ वटा टि–२० शृंखला इंग्ल्याण्डले जितेको थियो। 

डेभिड मलान ‘म्यान अफ दि सिरिज’ घोषित भएका थिए।

प्रकाशित मिति: : 2020-12-08 13:06:00

प्रतिकृया दिनुहोस्