रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

नेपाल लाइभ

राेल्पा

महेश न्यौपाने

दृश्य : एक 
२०७७ साउनमा सुरक्षित प्रसूति सेवा लिन जिल्ला अस्पताल रोल्पा पुगेकी रोल्पा नगरपालिका–८ जंकोटकी मेलिना बुढाले छोरो जन्माइन्। आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखियो। थप उपचारका लागि भैरहवा ल्याउने क्रममा शिशुको प्राण गयो। रोल्पा अस्पतालले उपचार गर्न नसकेका कारण भैरहवा ल्याउँदा एम्बुलेन्समा अक्सिजन नभएकोले शिशुको ज्यान गएको थियो। 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार, तीन वर्षमा आधारभूत स्वास्थ्य सेवा नपाएर जिल्लामा ८४ नवजात शिशुले ज्यान गुमाएका छन्। यस अवधिमा प्रसूति सेवा लिन स्वास्थ्य संस्था पुगेका चार सुत्केरी आमाको समेत ज्यान गएको छ। घरमै सुत्केरी भएर ज्यान गुमाएका नवजात शिशु र सुत्केरीहरूको तथ्यांक अरू भयानक हुनसक्छ। यसको विवरण जिल्ला स्वास्थ्य कार्यालयसँग छैन। 

दृश्य : दुई
अघिल्लो वर्ष गर्भवतीमध्ये झण्डै ६३ प्रतिशत आमाले मात्रै वर्थिङ सेन्टरमा सुत्केरी हुने सुविधा पाए। घरमै सुत्केरी हुन बाध्य आमा तथा नवजात शिशुमा संक्रमण देखिनुका साथै मातृ र बालमृत्यु दरसमेत बढेको भनेर त्यसको न्यूनीकरणका लागि सरकारले अस्पतालमा सुत्केरी गराउन प्राथमिकता दिएको छ। तर, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार, सरकारको यो प्राथमिकताबाट रोल्पाका अझै ३७ प्रतिशत आमा वञ्चित छन्। स्वास्थ्य संस्थामा गएर प्रसूति गराउनुपर्छ भन्ने चेतनाको अभाव तथा टाढाको दूरीमा वर्थिङ सेन्टरहरू रहेका कारण अस्पताल र स्वास्थ्य संस्थाको पहुँच ग्रामीण महिलासम्म पुग्न सकेको छैन। 

प्रकाशित मिति: : 2020-12-09 12:33:00

प्रतिकृया दिनुहोस्