रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानअन्तर्गत जोन १३ को जोनल रोट्रयाक्ट प्रतिनिधिमा आयुष गुप्ता निर्वाचित भएका छन् ।
रोट्यारेट क्लब अफ वीरगञ्जका अध्यक्ष समेत रहेका गुप्ता रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत जोन १३ को जोनल रोट्रयाक्ट प्रतिनिधि जेडआरआरमा मंगलबार निर्वाचित भएका हुन् ।
सातमध्ये दुईवटा क्लबबाट जेडआरआरको लागि उम्मेदवारी परेको थियो ।
जसमा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज र रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्जबाट उम्मेदवारी परेको थियो ।
जसमध्ये गुप्तालाई ४ वटा क्लबको सहयोग प्राप्त रहेको थियो ।
अब गुप्ताले जोनमा आवद्ध रहेका सात वटा क्लबको नेतृत्व तथा मुल्याङ्कन गर्ने भएका छन् ।
जेडआरआर १३मा रोट्रयाक्ट क्लब अफ बर्दीबास, रोट्रयाक्ट क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ सिन्धुलीगढी , रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज ,रोट्रयाक्ट क्लब अफ वीरगञ्ज, रोट्रयाक्ट क्लब अफ मेट्रोप्लिटिस र रोट्रयाक्ट क्लब अफ हेटौंडा आवद्ध छन्।