मधेश आन्दोलनका घाइते क्षतिपूर्ति माग्न दिनहुँ पत्रकार महासंघ धाउँछन्ः भिडियो रिपोर्ट

उपेन्द्र यादवलगायत नेतालाई सिंहदरवार प्रवेश गराउने तथा राष्ट्रिय राजनीतिमा स्थापित गराउने लहान जनबिद्रोहका घाइतेहरू हिजोआज कागजपत्र बोकेर नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वरप्रसाद गुप्ता कहाँ धाइरहेका छन्।
 
सिरहाको लहानमा भएको पहिलो मधेश आन्दोलनमा अंगभंग हुने तिनै पिडितमध्येका हुन्, लहान नगरपालिका–२४, गोबिन्दपुरका किसुन साह। 

उनले मधेश आन्दोलनमा दाँहिने खुट्टा गुमाएका थिए। पुष महिनाको जाडोलाई छिचोल्दै बुधबार सभापती गुप्तालाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन आग्रह गरिरहेका थिए। उनी भन्दै थिए, ‘प्रदेश–२ मा हाम्रो पार्टीको सरकार छ। तर उसले १० लाख दिन्छु मात्र भनेर घोषणा गर्यो तर केही गरेन।’ 

(हेर्नुस् भिडियो कुराकानी) 

अर्का घाइते पनि थिए, त्यसै ठाउँका प्रदिप कुमार यादव। मधेश आन्दोलनमा गोली चल्दा उनको दाँहिने तिघ्रामा गम्भीर चोट लागेको छ।

केन्द्र सरकारले आन्दोलनको घाइतेलाई ‘अनलाइन फर्म’ भर्नु भनेकाले यस बिषयमा पत्रकार महासंघका सभापति गुप्तासँग जानकारी लिन आएका थिए।

सामान्य खेती किसानी गरिरहेका यादवको दुःखेसो पनि साह को जस्तो छ। उनी प्रदेश सरकारले आन्दोलनका घाईतेलाई केही भैंसी बाढ्नेबाहेक केही गरेन।

‘मधेश आन्दोलका २ सय बढी घाइते लहानस्थित अफिसमा दिनहुँजसो गुनासो लिएर आउँछन्,’ सभापति गुप्ता बताउँछन्।

प्रकाशित मिति: : 2020-12-10 21:51:00

प्रतिकृया दिनुहोस्