बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

बिएल संवाददाता

काठमाडाै‌ं

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

इच्छाकामना गाउँपालिका ६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे। दुर्घटनामा ११ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ ।

प्रहरीका अनुसार बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । 

प्रकाशित मिति: : 2020-12-11 11:49:00

प्रतिकृया दिनुहोस्