किन टिक्न सक्तैनन् पर्वतीय पर्यटनमा महिला ?

हिमाल खबर

काठमाडौँ

राजु बास्कोटा
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्व पर्यटनमा संलग्न कुल जनशक्तिमध्ये ४६ प्रतिशत महिला रहेको अनुमान गरेको छ। नेपालसहित बढी पर्यटक भित्रने विश्वका ५० प्रतिशतभन्दा बढी देशको आधारमा गरिएको अध्ययनले पर्यटनमा पूर्णकालीन वा आंशिक समय काम गर्ने महिलाहरूको संख्या पुरुषकै हाराहारीमा पुगिसकेको देखाउँछ। 

समग्र पर्यटन क्षेत्रमा क्रियाशील महिला उल्लेख्य भए पनि पर्वतीय पर्यटनमा भने न्यून संख्यामा मात्रै सक्रिय छन्। नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) ले पर्यटनमा महिला सहभागिता बढाउन तालिम, पर्यटनमा रोजगारी सिर्जना गर्ने, अवसर दिने, निजी क्षेत्रसँग साझेदारी गर्नेदेखि पुरस्कारसम्मको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

साहसिक पर्यटन तथा पर्वतारोहणमा महिलाको प्रवेश सन् १९७५ मा भएको हो। जापानी आरोही जुन्को तावेईले १६ मे १९७५ मा पहिलो पटक सगरमाथाको आरोहण गरेपछि पर्वतीय पर्यटनमा महिलाको आकर्षण र हिम्मत विस्तारै बढ्दै गएको हो। तावेईले आरोहण गरेको तीन वर्षपछि पोल्याण्डकी वान्दा रुट्कीबीचले दोस्रो महिला आरोहीको रूपमा सर्वोच्च शिखरमा पाइला टेकेयता हालसम्म ४७१ महिलाले सगरमाथा आरोहण गरिसकेका छन्।

नेपालको पहिलो महिला पर्वतारोहीका रूपमा भने २२ अप्रिल १९९३ मा पासाङल्हामु शेर्पाले सगरमाथाको आरोहण गरेकी हुन्। पहिलो नेपाली महिलाले सगरमाथा आरोहण गर्नुअघि विश्वभरका ४२१ पुरुषले शिखर चुमिसकेका थिए।
 

प्रकाशित मिति: : 2020-12-12 08:48:00

प्रतिकृया दिनुहोस्