गौतम बुद्ध कप: बागमतीलाई सुपर ओभरमा पराजित गर्दै नारायणीकाे विजयी सुरुवात

बिएल संवाददाता

काठमाडाै‌ं

गौतम बुद्ध कपमा बागमतीलाई सुपर ओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुवात गरेको छ।

जितका लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। 

सुपर ओभरमा नारायणीका करण केसी र आरिफ शेख ब्याटिङका लागि आएका थिए। 

पहिलो तीन बलमा नै करणले बागमतीका सोमपाल कामीकाे बलमा  तीन छक्का प्रहार गरे। 

सोमपालले चौथो र पाँचौ बल भने डट राखेका थिए। अन्तिम बल फाल्ने क्रममा वाइड गरेपछि अर्को बलमा करणले छक्का प्रहार गर्दै एकै ओभरमा २५ रन जोडेका थिए।

जितका लागि सुपर ओभरमा २६ रनकाे लक्ष्य पुरा गर्न आएकाे बागमती २४ रनमै सकेटियाे। 

 ज्ञानेन्द्र मल्लले करणकाे पहिलो बलमै छक्का प्रहार गरे। दोस्रो बल करणले वाइड फालेका थिए। त्यसपछिकाे बलमा मल्लले छक्का प्रहार गरे।

चौथो बलमा उनले छक्का प्रहार गरे। पाँचौ बल करणले अफ योर्कर फाल्दै डट राखे। अन्तिम बलमा उनले एक रन लिएपनि जितको लागि पर्याप्त  भएन।

प्रकाशित मिति: : 2020-12-12 16:16:00

प्रतिकृया दिनुहोस्