अन्जुकी छोरी परितोशिकाको मोडलिङमा डेब्यू

गायिका अन्जु पन्तले पहिलो पटक सङ्गीतवद्ध गरेको  ‘धेरै माया नदेउ मलाई’ बोलको गीत सार्वजनिक गरिएको छ। 

अन्जुकै स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द छ।

निकेश खड्काले निर्देशन गरेको यो गीतको भिडियोमा विकास धमलाको सम्पादन, धिरजजंग शाहको छायांकन छ।

यो गीतको भिडियोबाट गायिका पन्तकी छोरी परितोशिका पन्तले मोडलिङमा पाइला चलेकी छिन्।

परितोषिकाका साथमा मोडेल कुन्साङ बोम्जन देखिएका छन्। 

 परितोषिकाले आफूलाई ममीको अरू गीतमा पनि अभिनयको अफर आएको तर यो गीत निकै मन परेको कारणले यसमा काम गरेको बताइन्। 

गीतको भिडियोलाई गायिका अन्जुको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मार्फत हेर्न सकिनेछ।

प्रकाशित मिति: : 2020-12-12 18:29:00

प्रतिकृया दिनुहोस्