प्रशिद्ध लोकगायक चार्ली प्राइडको कोरोना संक्रमणका कारण निधन

प्रशिद्ध लोकगायक चार्ली प्राइडको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ।

१८ मार्च १९३४ मा स्लेज, मिसिसिपीको गरिव परिवारमा जन्मेका प्राइडले कपास खेतीको मजदुरको रुपमा आफ्नो करियर सुरु गरेका थिए। 

आफ्नो समयको चर्चित बेसबल खेलाडी प्राइडले केहि समय अमेरिकी सेनामा पनि काम गरेका थिए।

मृत्यु हुनुभन्दा एकदिन पहिलेसम्म पनि संगीत मै समर्पित प्राइडले एउटा टेलिभिजन शोमा लाइभ कार्यक्रम प्रस्तुत गरेका थिए। 

जस्ट बिट्वीन यु एण्ड मि, आइ नो वान, बिफोर आइ मिट यू जस्ता चर्चित गीतका गायक प्राइडले चारपटक उत्कृष्ट लोकगायकको ग्रामी अवार्डका साथै थुप्रै अन्य पुरस्कारहरु पनि प्राप्त गरेका थिए।

गायक डोली पार्टनले  प्राइडको निधनले आफू अत्यन्तै मर्माहत भएको बताए। 

कुनै समयका प्रशिद्ध गायक एल्बिज प्रेज्लेले पनि महान गायक भनेर आदर गर्ने गायक प्राइडको निधनले सम्पूर्ण संगीत क्षेत्र स्तब्ध भएको बताए।

प्रकाशित मिति: : 2020-12-14 16:10:00

प्रतिकृया दिनुहोस्