संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुखको प्रस्टीकरण: प्रधानमन्त्रीले पूर्वतयारी गरेनन्

बिएल संवाददाता

काठमाडाै‌ं

संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रस्टीकरण दिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वतयारी, गृहकार्य नभएको सभामुख सापकोटा उपस्थिति हुन नसकेको सचिवालयले जनाएको छ।

मंसिर २८ र ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक डाकेका थिए। दुबै बैठकमा उनी अनुपस्थित थिए।

उनी सहभागी नभएपछि बैठक स्थगित गरिएको थियो। 

‘आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो’, उनको सचिवालयले भनेको छ, ‘राज्य संचालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।’ 

प्रकाशित मिति: : 2020-12-15 19:29:00

प्रतिकृया दिनुहोस्