अमेरिकामा १५ दिनमा १८ लाख बालबालिकामा कोरोना संक्रमण

अमेरिकामा पछिल्लो पन्त्र दिनको अवधिमा करिब १८ लाख बालबालिका कोराना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिरिएको छ। 

अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्सले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा नोभेम्बर २६ देखि डिसेम्बर १० सम्म १८ लाख बालबालिकाको उपचार भएको बतायो। 

तथ्यांकअनुसार पछिल्लो समय १२ प्रतिशतबाट बढेर २३ प्रतिशतमा पुगेको छ। थ्यांक्स गिभिङ पर्वमा ४० लाख मानिस छुट्टि मनाउन यात्रा गर्दा यो तथ्यांक बढेको हो।

प्रकाशित मिति: : 2020-12-16 14:13:00

प्रतिकृया दिनुहोस्