मन्त्र गायनबाट मृत्यु सिकाउँदै मनीषा कोइराला

देशसञ्चार

काठमाडौँ

सुजाता खत्री

कोरोना महामारी सुरु भएपछि अभिनेत्री मनीषा कोइरालाको दैनिकी फेरिएको थियो। स्क्रिनमा अभिनय गरेको देखिने उनी राजधानीको मण्डिखाटारस्थित घरमा बँगैचाको स्याहार गर्दै देखिन्थिन्, उनको घर परिसरमा रायोको साग सरेका थिए, सिमीको बोट लहरा हाल्दै थाँक्रो चढ्दै थियो।

२०७७ सालको दशैँ अगाडिको भेटमा उनले भनेकी थिइन्, ‘घरेलु वातावरण भइरहेको छ, म कुचो लगाउन सिक्दैछु।’

३० वर्षदेखि बलिउडमा प्रभावशाली अभिनेत्रीको छवि बनाएकी उनी आफूलाई भन्ने गर्छिन्, ‘वर्कोहोलिक। काम गर्दा गर्दा यस्तो भयो कि खालि बस्न नै नसक्ने भएँ। केही न केही गरिराख्नुपर्छ।’

प्रकाशित मिति: : 2020-12-16 20:22:00

प्रतिकृया दिनुहोस्