एलिजाले धादिङसहित ७७ वटै जिल्लामा घर बनाउने

अभिनेत्री एलिजा गौतमले गरिब तथा बिपन्न परिवारका लागि देशका ७७ वटै जिल्लामा घर बनाइदिने घोषणा गरेकी छन्।

‘अनुराग’ एक्ट्रेसले चैत ११ को बर्थडेमा धादिङदेखि घर बनाउने जनाएकी छिन्। 

सबै जिल्लामा १० घर बनाउने योजनामा रहेको उनले बताएकी छिन्। दुर्गम भेगका विपन्न परिवारलाई लक्षित गरेर भूकम्प प्रतिरोधी घर बनाउने उनको योजना छ।

एलिजाले भनिन्–‘अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ। भूकम्परहित ३ कोठाको घर बनाएर मैले यो अभियानलाई सुरु गर्न लागेकी हुँ।’

एलिजा फाउन्डेसनको तर्फबाट उनले घर बनाउन लागेकी हुन्। अनुराग फिल्मकी डेब्यु अभिनेत्रीले चाँडै नयाँ फिल्म समेत घोषणा गर्ने भएकी छिन्।

एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन्। एलिजाले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन्।

 ‘मनोरञ्जनसँगै सामाजिक कार्यलाई पनि अघि बढाउनेछु’ एलिजाले भनिन्, ‘लामो समयदेखिको मेरो सपना चाँडै पुरा हुने विश्वासमा छु।’

प्रकाशित मिति: : 2020-12-17 15:10:00

प्रतिकृया दिनुहोस्