स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौंमा खुल्यो विद्यालय,'इन्भेष्ट आफ्नै,अनुगमन अभिभावकको'

पहिलोपोष्ट

काठमाडौँ

प्रवीण रानाभाट

काठमाडौंमा कोरोना संक्रमणको जोखिम घटेको छैन। त्यसमाथि काठमाडौं महानगरभित्र संक्रमितको संख्या अन्य स्थानीय तहभन्दा धेरै नै रहेको छ। महामारीबीच अधिकांश क्षेत्रहरु खुल्ला भइसकेका छन्। कतै स्वास्थ्य प्रोटोकल पालना भएको छ त कतै छैन। यस अवस्थामा महानगरभित्रका सबै विद्यालयहरु भने संचालनमा आउन सकेका छैनन्। महानगरले पनि विद्यालय संचालन गर्न दिने 'रिक्स' लिन चाहेको छैन। यद्यपि, महागरभित्र स्थानीय तहसँग सहकार्य गरेर केही विद्यालयहरु भने खोल्न सुरु भइसकेको छ।

क्षेत्रपाटीको ढल्‍कोमा रहेको छ स्मल हेभन बोर्डिङ स्कुल। करिब १ महिनादेखि यो विद्यालय संचालन भइरहेको छ। त्यसैले बिहानैदेखि यो विद्यालयमा विद्यार्थीको चहलपहल देख्न सकिन्छ।

विद्यार्थीहरुको स्वास्थ्यलाई प्राथमिकतमा राख्दै विद्यालयले दुईजना नर्समा समेत कक्षा संचालन अवधि भर विद्यालयमा नै राख्ने व्यवस्था गरेको छ। यस्तै जाडो भएकोले सबै कक्षाकोठामा हिटर जडान गरिएको छ।

विद्यालयका फाउन्डर प्रिन्सिपल श्माम श्रेष्ठ भन्छन्, ' हामी बसै रिक्समा छौं। सकेसम्म हामीले सुरक्षा दिने हो। यो संक्रमण हामीले रोक्न सक्ने होइन। तर सुरक्षित हुने प्रयास गर्ने हो। त्यसैले विद्यार्थीको सुरक्षामा कुनै सम्झौता गरेका छैनौं।'

वडाबाट समेत आफ्नो विद्यालयको अनुगमन भइसकेको भन्‍दै उनले अभिभावकहरु समेत आफ्नो विद्यालयको व्यवस्थादेखि खुशी रहेको उनले बताए।

'वडाले त गरिरहन्छ अनुगमन। तर मुख्य अनुगमन गर्ने अभिभावकले हो। उहाँहरु खुशी छन् त्यसैले त आफ्नो छोराछोरीलाई हाम्रोमा पढ्न पठाएका छन्' उनले भने।

प्रकाशित मिति: : 2020-12-17 16:01:00

प्रतिकृया दिनुहोस्