पारस अबुधाबी क्रिकेट टिमको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’ नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का अबुधाबीका लागि ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’का रूपमा नियुक्त भएका छन्।

यसअघिको सिजनमा अबुधाबी टिममा खेलाडीका रूपमा मात्र रहेका पारस यो सिजनमा टी-१० लिगमा संरक्षकको भूमिका निर्वाह गर्ने छन्।

दुबईमा हुने टी-१० लिग यसअघि नोभेम्बर १९ देखि २८ सम्म हुने भनिएको भएको थियो।

तर  कोरोना महामारीका कारण स्थगन गरिएको थियो।

अब यस सिजनको खेल जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुनेछ।

प्रकाशित मिति: : 2020-12-19 07:41:00

प्रतिकृया दिनुहोस्