धुर्मुससँग वार्ता : ‘मलाई नसोध कहाँ दुख्छ घाउ’

सराेज तामाङ

धुर्मुस सुन्तलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनेर दुई वर्षअगाडि घोषणा गर्दा धेरैले स्वागत गरे, केहीले मजाकको विषय पनि बनाए। कतिले कलाकारको काम के हो भनेर प्रश्न उठाए। कतिले प्रधानमन्त्री केपी ओलीले जनता हँसाउने धुर्मुसले रंगशाला बनाउने भन्दै ठ्टटा गरे।

२०७५ माघ १६ गते धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भयो। २०७६ मंसिर १ गतेबाट निर्माण कार्य सुरु भयो। निर्माण थालिएको १३ महिना बित्दा के कति काम भए? सबैको चासो छ। धुर्मुस सुन्तलीको अगुवाइमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाप्रति सबैको चासो हुनुको पछाडिको एउटा कारण हो, जनस्तरको लगानी। यो रंगशाला जनताको पैसामा निर्माण भइरहेको छ। अर्को चासोको विषय हो, नेपालमा एउटा पनि स्तरीय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नहुनु।

चितवन जिल्लाको सदरमुकाम भरतपुर महानगरपालिकादेखि ८ किलोमिटर टाढा रामपुरमा निर्माणाधीन रंगशालामा दैनिक २ सय ५३ कामदारले निरन्तर काम गरिरहेका छन्। एउटा निश्चित लक्ष्य लिएर निर्माण थालिएको रंगशालाले आकार पाइसकेको छ। फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)का अनुसार अब १५ महिनामा निर्माण सम्पन्न हुन्छ। ‘मैदानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। प्याराफिटतर्फ जगको काम सबै सकिएको छ। प्याराफिटको काम भइरहेको छ। अबको १५ महिनामा रंगशाला निर्माणको काम सक्छौं’, उनले भने।

अबको १५ महिनामा निर्माण सम्पन्न गर्ने दाबी गरे पनि करिब ८-९ करोड रुपैयाँ ऋणमा पुगिसकेको अवस्था पनि उनले सुनाए। विभिन्न समस्या र आर्थिक अभाव तथा कोरोना भाइरसको संकट आइपरे पनि रंगशाला निर्माणको काम रोकिएको छैन। रंगशाला निर्माणमा आर्थिक सहयोग कसरी जुटिरहेको छ? निर्माणमा के कस्ता समस्या छन्? लगायत रंगशाला निर्माणको विषयमा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सँग नेपाललाइभका लागि सरोज तामाङले गरेको कुराकानी -  

प्रकाशित मिति: : 2020-12-19 08:52:00

प्रतिकृया दिनुहोस्