मयंक अग्रवाल टेस्टमा छिटो हजार रन पुरा गर्ने तेस्रो भारतीय ब्याट्सम्यान

मयंक अग्रवाल टेस्ट क्रिकेटमा सबैभन्दा छिटो एक हजार रन पुरा गर्ने तेस्रो भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्।

उनले अस्ट्रेलियाविरूद्ध एडिलेटमा भइरहेको पहिलो टेस्टमा यो उपलब्ध हात पारेका हुन्। उनले १२ टेस्टको १९ इनिङमा यो उपलब्धी हात पारेका हुन्।

उनले मिसेल स्टार्कको बलमा दोस्रो इनिङमा चौका हानेर टेस्ट क्रिकेटमा १ हजार रन पुरा गरेका हुन्। उनी ९ रनमा आउट भए। भारतले दोस्रो इनिङमा टेस्ट क्रिकेटकै सबैभन्दा कम स्कोर ३६ रन बनाएको थियो। जसमा उनले सर्वाधिक रन बनाए। 


मयंकअघि विनोद काम्बली र चेतेश्वर पुजाराले यो उपलब्धी हात पारेका थिए। काम्बलीले १४ इनिङमा र पुजाराले १८ इनिङमा यो उपलब्धी हात पारेका हुन्।

 

 

प्रकाशित मिति: : 2020-12-19 16:22:00

प्रतिकृया दिनुहोस्