तामझामका साथ उद्घाटन भएको रानीपोखरीमा लेउ जम्न थाल्यो (भिडियाे)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

महिनौंअघि सग्लो पानीले भरिएको रानीपोखरी सुग्दै गएको छ। पानीले भरिभराउँ देखिएको पोखरी अहिले हरियो लेउले कुरुप देखिन थालेको छ। 

बाहिरबाट झट्ट हेर्दा पोखरी सफा देखिए पनि भित्र भने फोहोर हुन थालेको छ। घट्दो पानी र हरियो लेउका कारण पोखरी फोहोर हुँदै गएको स्थानीय बताउँछन्।

No description available.

दूषित पोखरीका कारण अवलोकन गर्ने मानिस मात्र होइन, नियमित काम गर्ने मजदुरसमेत दिक्क मान्न थालेका छन्। ‘राष्ट्रपतिले उद्घाटन गरेका रानीपोखरी यति छिटो फोहोर भएको देख्दा चित्त दुख्छ नि,’ पोखरी निर्माणमा कार्यरत एक मजदुरले बताए,‘सफा गर्नुपर्ने हो तर खै कसैले ध्यान दिएको देख्दिन।’

No description available.तर, रानीपोखरी सरसफाईमा कुनै लापरवाही नभइको रानीपोखरी इन्चार्ज रक्की रिमालले बिएल नेपाली सेवासँग दावी गरिन्। 
पोखरीमा लेउ मात्र जमेको छैन, पानी पनि सुक्न थालेको छ। यसको जिम्मेवारी प्राविधिकरणको बताउने उनी भन्छिन्, ‘नगरपालिकालाई पूर्ण रूपमा हस्तान्तरण गरिएको छैन। हस्तान्तरण भएको हल्ला मात्र चलेको हो।’ 

No description available.प्राविधिकरणले सम्पूर्णमा रूपमा रानीपोखरीको जिम्मेवार नगरपालिकालाई नदिएकै कारण त्यस सम्बन्धि पूर्ण ज्ञान नभएको र आफू पनि अन्यौलमा रहेको उनको भनाई छ।  

No description available.रानीपोखरीको जिम्मा प्राविधिकरणले पूर्ण रूपमा नगरपालिकालाई हस्तातरण नगरेका कारण सो बारे थाहा नभएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठ बताउँछन्। ‘महानगरपालिकालाई हस्तान्तरण नभएको कारण हामी बोल्नु उपयुक्त हुदैन,’ उनले भने, ‘यस सम्बन्धि बोल्नु भनेको विवाद उत्पन्न गर्नु हो।’

No description available.

अहिले समस्या आउनुमा प्राविधिकरण जिम्मेवार ठहरिने महानगरपालिकाको भनाई छ। यस विषयमा  प्राविधिकरणले कुनै प्रतिक्रिया जनाउन मानेन। 

No description available.

रानीपोखरीमा लापरबाही भइरहँदा न त महानगरपालिकालाई चासो छ, न त प्राविधिकरणलाई कुनै वास्ता। २०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी गत असोजमा पूर्ण निर्माण भएको हो। सुन्दरीजलबाट ल्याइएको ३ करोड पानीले पोखरीलाई भरिएको थियो। 

No description available.

भुकम्प दिवसको अवसर परेर राष्ट्रपति विद्या देवी भण्डारीले पूर्णनिर्माणको शिलान्यास गरेको थिइन।

No description available.

No description available.No description available.No description available.

प्रकाशित मिति: : 2020-12-19 19:40:00

प्रतिकृया दिनुहोस्