प्रधानमन्त्री ओलीविरुद्ध कलैयामा प्रदर्शन

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेता कार्यकर्ताहरुले बाराको कलैयामा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेर चुनावकाे नयाँ मिति घाेषणा गरेसँगै उनीहरुले प्रदर्शन गरेका हुन्।

बाराको कलैयामा नेकपा जिल्ला कमिटी सदस्य ध्रुव यादवसहितका नेता कार्यकर्ताहरुले टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्रीले चालेको कदमका संविधान विपरित भएकाे उनीहरुले बताएका छन्। 

संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए। 

प्रकाशित मिति: : 2020-12-20 15:36:00

प्रतिकृया दिनुहोस्