सुनचाँदीको मूल्यमा गिरावट

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा सुनचाँदीको बुधबार मूल्यमा गिरावट आएको छ । 

मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९४ हजार रुपैयाँमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

यस्तै तेजावी सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । 

मंगलबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२६५ रुपैयाँमा कारोबार भएको हो ।  

प्रकाशित मिति: : 2020-12-23 12:37:00

प्रतिकृया दिनुहोस्