सोमपालले टी१० लिग मराठाबाट खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

टि१० लिगको ड्राफ्टमा नेपाली तीव्र गतिका बलर सोमपाल कामीलाई मराठा अरेबियन्सले ड्राफ्टमा अनुबन्ध गरेको छ। 

बुधवार टि१० लिगको अफिसियल ट्विटरमार्फत उनलाई मराठाले आबद्ध गरेको जानकारी दिइएको छ।

सोमपालले दोस्रो पटक विदेशी लिग खेल्न लागेका हुन्।

टि१० लिगमा सोमपाल नेपालबाट अनुबन्ध हुने तेस्रो खेलाडी पर्दछन्।

यसअघि पारस खड्का र सन्दीप लामिछानेले टि१० लिग खेलिसकेका छन्।

मराठाले पाकिस्तानका अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजलाई पनि टोलीले ड्राफ्टमा अनुबन्ध गरेको छ।

आगमी संस्करणको टि१० लिग २८ जनवरीदेखि ६ फेब्रुअरीसम्म यूएईमा हुनेछ।

प्रकाशित मिति: : 2020-12-23 22:21:00

प्रतिकृया दिनुहोस्