नेकपा ( प्रचण्ड) र नेकपा (ओली)काे केन्द्रीय कमिटी बैठक बस्दै

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा ( प्रचण्ड) र नेकपा (ओली) काे केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ ।

बिहान साढे ११ बजे बबरमहलमा हुने नेकपा ( प्रचण्ड)  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने छन् ।

बैठकले पार्टीको महासचिव समेत चयन गर्ने तयारी गरेको जनाइएको छ । 

यसैबिच नेकपा (ओली)काे केन्द्रीय बैठक दिउँसो १ बजे बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । 

प्रकाशित मिति: : 2020-12-24 08:39:00

प्रतिकृया दिनुहोस्