बाबुबाटै बलात्कार !

हिमाल खबर

काठमाडौँ

लक्ष्मी बस्नेत

गत असोजमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाकी १७ वर्षीया किशोरीले आफू वर्षौंदेखि बुबाबाट बलात्कार हुँदै आएको घटना सार्वजनिक गरिन्। १० कक्षामा अध्ययनरत उनले आफूलाई विभिन्न औषधी खुवाउने गरेको समेत बताइन्। 

आफूले गर्भ निरोधक औषधि खुवाएको ती ३५ वर्षीयबाबुले प्रहरीसँगै स्वीकारेका छन्। शुरुमा उनले प्रहरीसँग ‘तागतिलो औषधि’ खुवाएको बताएका थिए। तर आफूले खाएको औषधि गर्भनिरोधक हो भनेर आमाले नै भनेको छोरीले प्रहरीलाई बताइन्।

उनी पछिल्लो पटक १० असोजमा बाबुबाट बलात्कारमा परेकी थिइन्। आमा र परिवारका अन्य सदस्यले घटना दर्ता गर्न नमानेपछि जिल्लामै कार्यरत सहयात्री समाज नेपालको जाहेरीमा बलात्कार र हाडनाता करणीको मुद्दा दर्ता भयो। बल्लबाबुलाई प्रहरीले पक्राउ ग¥यो।

सहयात्री समाजसंस्थाकी ‘सेफ हाउस’ इन्चार्ज गायत्री खतिवडाका अनुसार ती किशोरीले आफूलाई ५/६ वर्षको उमेरदेखि नै बाबुले बलात्कार गर्ने गरेको बताएकी छिन्। यही कारण दुई वर्षअघि आफूले आत्महत्या गर्न खोजेको पनि उनले बताएकी छिन्। 

गएको २६ जेठमा धादिङकै नेत्रावती गाउँपालिकामा ५३ वर्षका बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो। करिब तीन वर्षको हुँदा आमाले छोडेर हिँडेपछि बाबुले हुर्काएका थिए। ती बालिका अहिले ९ वर्ष भइन्।
 

प्रकाशित मिति: : 2020-12-25 11:56:00

प्रतिकृया दिनुहोस्