बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ: खनाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुटेको दावी गरेका छन्। केही समूहका कारण आफूहरु चोइटिएपनि पार्टी नफुटेको उनले बताएका हुन्।

केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न बबरमहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिने बताए। 

उनले बालुवाटारमा भेलालाई रुखकाे बोक्राकाे संज्ञा दिए।

खनालले भने, ‘रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र? बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ ।’

यस्तै उनले महाधिवेशनमा आफूले हराएपछि प्रधानमन्त्री तथा नेकपा (ओली) अध्यक्ष केपी शर्मा ओलीले बदला लिन खोजेको आरोप समेत लगाए। 

उनले अघि भने, ‘गोमान सापले कुनै बेला आफूलाई असर गरेको कोही छ भने त्यसलाई सम्झिराखेर मौका आउँदा आक्रमण गर्छ। उहाँ पनि गोमन सापजस्तै हुनुहुँदोरहेछ।’

प्रकाशित मिति: : 2020-12-25 16:28:00

प्रतिकृया दिनुहोस्