अब तिम्रो पालो आएको छ

लक्ष्मण पौड्याल

म्यानम्यार(बर्मा)

आफ्नो अस्तित्वलाई पैसाको अगाडि व्यापारको बजार लागाएर नष्ट पार्दै छौ तिमीले मेरो धर्म संस्कार अनि संस्कृतिलाई।
 
मेरा पूर्खाहरूले परिस्थिसँग सामना गर्दै आफ्नो काखमा लुकाएर ल्याएको त्यो न्यायको ज्योती अझै पनि बल्दै छ तिम्रो आँगनको अगाडि आफ्नो अस्तित्वमा अडिक रहेर 

तिमी जाग्नु पर्छ अब समयसँगै बल्नुपर्छ हाम्रा पिता पूर्खाले बचाएर ल्याएको त्यो धर्म, संस्कार, संस्कृलाई जोगाउने पालो अब तिम्रो आएको छ तिमी सचेत बन्नु पर्छ र! भन्नु पर्छ विश्वलाई वसुधैवकुटुम्बकम् 

तिमी अझैपनि षुसुप्त नै रह्यो भने भोलिको परिवेशमा आएर तिम्रा सन्ततिहरूले तिमीलाई भन्ने छन् कति कायर रहेछ कति नपुंसक रहेछ त्यसैले तिमी अब विश्व गुरू बन्नु पर्छ आफ्नो धर्म, संस्कार, संस्कृतिलाई बचाएर राख्नु पर्छ र मात्र तिमी मानव भएको सार्थक हुनेछ।

प्रकाशित मिति: : 2020-12-26 10:00:00

प्रतिकृया दिनुहोस्