जिल्लाको मटिहानी नगरपालिका ४ स्थित रहेको हरियादवको घरमा आगलागी हुँदा साढे तीनलाख भन्दा बढीको क्षती भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार हिजो साँझ यादवले बालेको घुरबाट आगो सल्किएको हो।
आगलागीबाट घर पूर्णरूपले जल्नुको साथै मोबाइल, लताकपडा, अन्नपात लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगोलाई स्थानीयले पौने दुई घण्टापछि नियन्त्रणमा लिएका थिए।