एकदिवसीयमा पहिलो चौका हान्ने ब्याट्सम्यानको निधन

एकदिवसिय क्रिकेटमा पहिलो चौका प्रहार गर्ने, पहिलो अर्धसतक पुरा गर्ने तथा पहिलो ‘म्यान अफ दि म्याच’ घोषित ब्याट्सम्यान जोन इडरिचको ८३ वर्षको उमेरमा स्कटल्याण्डस्थित आफ्नो घरमा निधन भएको छ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले यसको जानकारी दिँदै उनको निधनमा गहिरो दुःख व्यक्त गर्यो। बाँया हातले ब्याटिङ गर्न खप्पिस इडरिचले ७७ टेस्टमा ५ हजारभन्दा बढी रन बनाएका थिए।

उनले १९६३–७६ सम्म इंग्ल्याण्डका लागि क्रिकेट खेले। ५ जनवरी १९७१ मा अस्ट्रेलियाविरूद्ध तेस्रो टेस्ट वर्षाका कारण रद्द भएपछि ४० ओभरको पहिलो एकदिवसीय खेल खेलिएको थियो।

जसमा इडरिचले ८२ रन बनाएका थिए। एक टेस्टमा उनी इंग्ल्याण्डको कप्तान पनि बने।

उनले एउटा मात्र एकदिवसीय खेले, जसमा चौका लगाउने इतिहास रचे।

सरेबाट काउन्टी खेल्ने इडरिचले पहिलो श्रेणी क्रिकेटमा ३९ हजार रन बनाएका थिए। उनलाई १९९५ मा इंग्ल्याण्डको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरिएको थियो।

प्रकाशित मिति: : 2020-12-26 18:36:00

प्रतिकृया दिनुहोस्