विराटभन्दा बढी पारिश्रमिक पाइसके बुमराहले

तपाईहरूलाई लाग्दो होला, भारतीय क्रिकेटबाट सर्वाधिक पारिश्रमिक लिने खेलाडीमा कप्तान विराट कोहली अगाडि होलान? यदि तपाई यस्तो विचार राख्नुहुन्छ भने, त्यो परित्याग गर्नुहोला। 

किनभने विराटभन्दा पनि बढी यो वर्ष कुनै अर्को खेलाडीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट पैसा लिएको छ भने ती खेलाडी हुन्, जसप्रीत बुमराह। 

बुमराहले २०२० मा भारतले खेलेको सबै खेलमा भाग लिएका छन्। त्यसैले उनले बोर्डबाट सर्वाधिक कमाईं गरेका हुन्। 

बुमराहले यस वर्ष ९ एकदिवसीय, ८ टि–२० र ४ टेस्ट खेलिसकेका छन्। उनले यी सबै खेलमा गरेर कूल १ दशमलव ३८ करोड पारिश्रमिक लिएका छन्। 

दोस्रो नम्बरमा विराटको नाम छ। विराटले यस वर्ष बोर्डबाट १ दशमलव २९ करोड रुपैयाँ मात्र प्राप्त गरेका छन्। उनले यस वर्ष ३ टेस्ट, ९ एकदिवसीय र १० टि–२० खेलेका थिए। 

पारिश्रमिकको कुरामा रवीन्द्र जडेजा तेस्रो नम्बरमा छन्। उनले भारतका लागि २ टेस्ट, ९ एकदिवसीय र ४ टि–२० खेलेका छन्। 

बीसीसीआईले हरेक टेस्टमा भारतीय खेलाडीलाई १५ लाख रुपैयाँ उपलब्ध गराउँछ। एकदिवसीयका लागि खेलाडीले ६ लाख र टि–२० का लागि ३ लाख प्राप्त गर्छन। यो वार्षिक अनुबन्धभन्दा बेग्लै रकम हो।

प्रकाशित मिति: : 2020-12-26 19:52:00

प्रतिकृया दिनुहोस्