नायक सिल्बेस्टरले गरे आफ्नो ट्विटर अकाउण्ट बन्द

सुपर हिट सिनेमा ‘रकी’का नायक सिल्बेस्टर स्टेलनले आफ्नो ट्विटर अकाउण्ट बन्द गरेका छन्।

उनको विचारमा यो सामाजिक सञ्जाल प्रयोग गर्नु भनेको आफूलाई प्रचार गर्नु मात्र हो। 

ट्विटर जस्ता सामाजिक सञ्जालको प्रयोगले आफ्नो निजी जीवनमा अपरिचित ब्यक्तिहरुको चलखेल भएको कारण अकाउन्ट बन्द गर्नु परेको उनले बताए।

 नायक स्टेलन भन्छन्, ‘मेरो दृष्टि मा सामाजिक सञ्जालको प्रयोग समयको बर्बादी हो।’ 

६ जुलाई १९४६ को दिन न्युयोर्कमा जन्मेका नायक स्टेलन का पिताजी आफ्नो समयका प्रख्यात ज्योतिष थिए। 

२३ वर्षको उमेरमा सिनेमाको नायक बन्न हलिउड पुगेका नायक स्टेलनले केही वर्ष सहायक कलाकारको रुपमा पनि काम गरेका थिए।

ओस्कार, बाफ़्टा, गोल्डन ग्लोब जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेका नायक स्टेलनले अभिनय गरेका केही हिट सिनेमाहरुमा रकी एकदेखि फोर, रयाम्बो, रिच मी आदि छन्।

उनको निकट समयमा रिलिज हुने सिनेमा मा द सुसाइड स्कवाड हो।

प्रकाशित मिति: : 2020-12-26 21:32:00

प्रतिकृया दिनुहोस्