केपी ओली जालीझेली र अपराधीहरुका नायिके हुन्: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली अपराधीहरुका नायिके भएको आरोप लगाएका छन् । 

उनले दुई तिहाइको बहुमत सरकारको प्रधानमन्त्री भएर नेपालीहरुको बलिदान र रगतबाट बनेको संविधानको व्यवस्था विपरित संसद विगठन गरेर गम्भीर अपराध गरेको बताए । 

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले नेपालगञ्जमा आयोजना गरेको बृहत भेलामा नेता थापाले  भने,‘ अपराधका नायिके प्रधानमन्त्री छन्। वन खाने वनमन्त्री बन्छ। जनता मार्नेहरु पैसामा बेचिएर मन्त्री बन्छन् । बालुवाटार खाने अर्थमन्त्री भएका छन् ।’ 

भष्टचारीलाई जोगाउन स्वयम ओली हात धोएर लागेकोसमेत उनले आरोप लगाए।  

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले संविधान विपरित संसद विघटन गरेर संविधानमाथि अपराध गरेको पनि सुनाए । 

ओलीको अधिनायकवादी र सर्वसत्ताबादी कदमविरुद्ध कांग्रेस शसक्त आन्दोलतमा उत्रिसकेको उनले बताए। 

देशमा राजनीतिक अस्थिरता निम्तिनुको पछाडि नेकपा कम्युनिष्ट पार्टी जिम्मेवार रहेको उनको भनाइ छ । 

उनले भने,‘नेकपाको एकता अप्राकृतिक थियो । सत्ता प्राप्तिका लागि मात्रै थियो । अहिले भागबण्डा मिलेर कसैले संविधान माथि अपराध गरे । कोही  माइतीघरमा रोएर बसेका छन् । कोही रत्नपार्कमाा रोएर बसेका छन् ।’ 

संसद विघटन अंवैधानिक कदम भएको बताउँदै उनले  अदालत प्रति काँगे्रसको पूर्ण भरोसा रहेको बताए ।  

प्रधामन्त्रीले संविधानको अपमान गरेपनि अदालतले संविधान र देशको पक्षमा निर्णय गर्ने उनले बताए ।  

संसद विघटनविरुद्ध कांग्रेस गरेको आह्वान गरेको देशव्यापी कार्यक्रम अनुसार बाँके पनि जिल्लाभर विरोध प्रदर्शन र आम सभा भएका थिए ।  

जिल्ला सभापति किरण कोइरालाले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम भएको बिएल नेपाली सेवालाई जानकारी दिइन् ।  

कांग्रेसले नेपागञ्जका साथै कोहलपुर र खजुरामासमेत बृहत आमसभा तथा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति: : 2020-12-28 16:33:00

प्रतिकृया दिनुहोस्