अमेरिकामा पनि फेला पर्‍याे नयाँ स्वरूपको कोरोना

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस फेला परेकाे छ।  इरस  कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको हाे।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ। उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। 

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। अमेरिकामा फाइजर र बायोएनटेक र मोडर्नाको कोरोना खोप आपत्कालीन प्रयोगमा आइसकेको छ।

पहिलोपटक बेलायतमा देखिएर युरोप, एसिया तथा उत्तर अमेरिकासम्म पुगेको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण कोलोराडोका २० वर्ष आसपासका व्यक्तिमा देखिएको हो।

ती व्यक्तिको हालै कुनै पनि भ्रमण इतिहास छैन। संक्रमण पुष्टि भएका व्यक्ति अहिले आइसोलेशनमा छन्।

कोभिड–१९ को तुलनामा नयाँ भाइरसले युवाहरूलाई बढी प्रभावित पारेको देखिएको डब्लूएचओले जनाएको छ। सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरूलाई कडाइका साथ अवलम्बन गर्न अत्यावश्यक भएको संगठनको भनाइ छ।

प्रकाशित मिति: : 2020-12-30 11:35:00

प्रतिकृया दिनुहोस्