ब्रह्मनालमा छुटिजाने शिरपाेसहरू

शिलापत्र

काठमाडौँ

 कुमार नगरकोटी

 

एकादेशमा एउटा सनकी राजा थियो । उसलाई आफ्नो श्रीपेच औधी मन पर्थ्याे । एक दिन नगर भ्रमण गर्ने क्रममा उसले एक जना खरबुजा बेच्ने दोकानदारलाई देख्यो, जसले शिरमा पगडी लगाएको थियो । राजालाई दोकानदारको पगडी खुब मन पर्‍यो । 

आफ्नो अंगरक्षकलाई आदेश दिँदै राजाले भन्यो, 'जा, त्यो दोकानदारको टाउको काटी ल्या ।' 

राजाको आदेश शिरोपर गर्दै अंगरक्षक खुरुर्र खरबुजाको दोकानमा जानुभयाे र तरबारले दोकानदारको घाँटी छिनाल्नुभयाे । टाउको ल्याएर राजासमक्ष  पेस गर्दै भन्नुभयाे, 'महाराज, यो टाउकोलाई के गरूँ ?' 

राजाले टाउकोबाट पगडी निकाल्यो र आफूसित राख्दै भन्याे, 'टाउको मिल्काइदिनू । र, नगरमा ज-जसले शिरपोस लगाएका छन्, ती सबैको टाउको काट्नू र दरबारमा मलाई पेस गर्नू ।' 

अंगरक्षकले अनकनाउँदै सोध्नुभयाे, 'एउटा बिन्ती छ, महाराज ।' 

'कस्तो बिन्ती ?', राजाले सोध्याे ।

'टाउकाेकाे सट्टा शिरपोस मात्र ल्याए हुन्न ?'

'हुन्न । ज्युँदो मान्छेको टाउकोबाट शिरपोस निकाल्नु हुन्न । ज्युँदो मान्छेको अपमान हुन्छ । टाउको काटिएपछि ज्युँदो मान्छे ज्युँदो रहन्न । काटिएको टाउकोबाट शिरपोस निकाल्दा उसको अपमान हुन्न । बुझिस् ?'

प्रकाशित मिति: : 2020-12-30 12:18:00

प्रतिकृया दिनुहोस्