लिजा रेले नयाँ वर्षदेखि सामाजिक सञ्जालको प्रयोग नगर्ने

दलेर मेहन्दीको गीत ‘हर तरफ तेरा जलवा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.....’ को म्युजिक भिडियोमा मोडलिङ्ग गर्ने मोडल र अभिनेत्री लिजा रेले नयाँ वर्ष २०२१ देखि सामाजिक सञ्जालको प्रयोग नगर्ने बताएकी छिन्। 

क्यान्सर रोगको कारण पेशा बाट टाढा हुनु परे पनि दर्शकको बीच उनको आकर्षण आजसम्म पनि यथावत् छ। 

सामाजिक सञ्जालको प्रयोग गर्दा अनावश्यक समस्या झेल्नु पर्दा दुख लाग्ने बताउने मोडल रेले पिपुल म्यागजिनसँग भन्छिन्,‘तर म सामाजिक सञ्जालको प्रयोग गर्नु नराम्रो हो भन्ने पक्ष मा छैन।’ 

४ अप्रिल १९७२ को दिन टोरन्टो, क्यानडामा जन्मेकी मोडल रेद्वारा अभिनित केहि सिनेमाहरुमा वाटर, कसुर, बिरप्पन, बलिउड/हलिउड, टप सेफ क्यानाडा, द वर्ल्ड अनसिन आदि छन्।

प्रकाशित मिति: : 2020-12-31 18:52:00

प्रतिकृया दिनुहोस्