‘छक्का पन्जा ३’ लाई युट्युवमा प्रशंसा, एक सातादेखि १ नम्बर ट्रेन्डिङमा

बिएल संवाददाता

काठमाडाै‌ं

‘म एक शिक्षक हुँ। शिक्षा क्षेत्रमा रमाएको मान्छे। सामुदायिक विद्यालयमा अध्यापन गराउँछु। मलाई यो चलचित्रले मन छोयो। वास्तविक घटना यहिँ हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहिँ समस्याबाट गुज्रिएका छन्। यस्तै शिक्षा सम्बन्धिको चलचित्र बनोस भनेर अपेक्षा गरको थिएँ आशा पूरा भयो।’

माथिको वाक्य अंश एक साता अगाडि युट्युवमा रिलिज भएको फिल्म छक्का पन्जा ३ को कमेन्ट बक्समा दिएको प्रतिक्रिया हो, पारस मगरको हो। 

पारसले जस्तै युट्युवमा छक्का पन्जा ३ फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन्। 

दर्शकले फिल्मको विषयवस्तु र केदार घिमिरेकोे अभिनयको प्रसंशा गरेका छन्। अहिले युट्युवको कमेन्टमा फिल्मले राम्रो विषयवस्तु उठाएको भन्दै धेरैले प्रसंसा गरेका छन्। 

फिल्म हलमा रिलिज भएको २ वर्ष पछि हाइलाइट्स नेपालको युट्युवबाट पुस ८ गते रिलिज भएको हो। रिलिज भएको १ दिनमै युट्युवको टे«न्डिङ नम्बर १ मा आएको फिल्म एक साता देखि १ नम्बर टे«न्डिङमै रहन सफल भएको छ। 

एक सातामा ६८ लाख २१ हजार बढी पटक हेरिएको छ भने, फिल्मलाई १ लाख ४४ हजारले लाइक गरेका छन्। ८२ हजार प्रतिक्रिया आएका यो समाचार तयार पार्दासम्म।

फिल्ममा सरकारी विद्यालयमा हुने राजनीतिलाई कथावस्तु बनाइको छ। सरकारी विद्यालयमा हुने शिक्षक र व्यावस्थापक पक्षको लापर्वाहीलाई व्याङग्यतमक रुपममा प्रस्तुत गरिएको छ। फिल्मले विद्यालयमा राजनीतिक कारणले हुने विकृतिलाई व्यंग्यत्मक शैलीमा देखाउन खोजेको छ। 

कतिपयले  फिल्मलाई विद्यालयको प्रतिविम्व भएको भएको प्रतिक्रिया दिएका छन। धेरै फिल्म समय सान्दर्विक भएको बताएका छन्। तर फिल्मले राम्रो समिक्षाबाट राम्रो प्रतिक्रिया पाएको थिएन। 

२०७५ घटस्थापनाको दिन रिलिज भएको फिल्मले हलबाट राम्रो ग्रस कलेक्सन गरेको थियो। फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईँ, प्रियांका कार्की,केदारी घिमिरे, दिपाश्री निरौला, जीतु नेपाल, निर शाह, शिवहरी पौडेल,बुद्धि तामाङ,जयनन्द लामा,विइलसन विक्रम राई लगायतको अभिनय रहेको छ। फिल्मको लेखन दिपकराज गिरीको हो भने निर्देशन दीपाश्री निराौलाले गरेकी हुन्। 
 

प्रकाशित मिति: : 2021-01-01 13:26:00

प्रतिकृया दिनुहोस्