संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक: कांग्रेस

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अप्रजातान्त्रिक भएको बताएका छन्। 

राष्ट्रियसभाको शुक्रबार बसेको हिउँदे अधिवेशनको पहिलो बैठकलाई गर्दै जितेन्द्रनाराण देवले प्रधानमन्त्री बनाउनै सकेन भने मात्रै विघटनको चरणमा प्रवेश गर्ने दाबी गरे। 

उनले भने, ‘बहुमतको प्रधानमन्त्रीलाई यो संविधानले कहीँ पनि त्यस्तो अधिकार दिएको छैन। यदि संसदले प्रधानमन्त्री बनाउनै सकेन भने मात्रै विघटनको चरणमा प्रवेशमा गर्छ।’

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सर्वोच्च अदालतको फैसला जे आउँछ त्यसलाई मानेर जाने बताए। 

उनले भने, ‘यो विषय सर्वोच्च अदालतमा पनि छ। पार्टीले सर्वोच्चको फैसला जे आउँछ त्यसलाई मानेर अगाडी बढ्ने छ।’

उनले अहिलेको प्रधानमन्त्री ओलीलाई शक्ति केन्द्रिकरण गर्ने भोक जागेको पनि आरोप लगाए।

‘देश अहिले अन्यौल, कुराको कागजस्तो, दिशाहिन अवस्थामा अवस्था छ,’ उनले भने, ‘ यसको मुख्य कारण सरकार हो। यसको कारक प्रधानमन्त्री हो।’

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग

सांसद देवले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन पनि माग गरेका छन्। 

‘संविधानको मर्म र प्रावधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका हुन्। यो फिर्ता हुनुपर्छ,’ उनले भने। 

हालै प्रधानमन्त्री ओलीले तीन जना मात्रै भए पनि संवैधानिक परिषदसम्बन्धी बैठक बस्न र निर्णय गर्न मिल्ने गरी अध्यादेश ल्याएका थिए।

उक्त अध्यादेशपछि विभिन्न संवैधानिक निकायमा सरकारले नियुक्ति गरेको छ।

प्रकाशित मिति: : 2021-01-01 17:39:00

प्रतिकृया दिनुहोस्