नायिका गौतमको हातमा दोस्रो चलचित्र

चलचित्र ‘अनुराग’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमको हातमा दोस्रो चलचित्र परेको छ। 

निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि उनले सम्झौता गरिसकेकी छिन्। 

यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र पक्का भएकी छिन्। अन्य कलाकारको भने टुंगो लागेको छैन्। 

यो चलचित्रमा नायकको रूपमा विपिन कार्कीलाई ल्याउने कुरा समेत चलिरहेको छ। तर, पक्का भइसकेको छैन्।  

एलिजाका लागि उपहार स्वरूप २०७५ सालमा पहिलो चलचित्र निर्माण गरेका थिए। तर, चलचित्रले हलमा दर्शकको मन जित्न सकेको थिएन्। डेब्यू चलचित्र भए पनि एलिजाको अभिनयको भने प्रशंसा भएको थियो। त्यसपछि उनी चलचित्र क्षेत्रबाट टाढा थिइन्। 

यो बीचमा थुप्रै म्यूजिक भिडिओमा भने उनले काम गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-01-02 14:04:00

प्रतिकृया दिनुहोस्