भारतीय क्रिकेट टोलीका पूर्वकप्तान गाङ्गुलीलाई हृदयघात

बिएल संवाददाता

काठमाडाै‌ं

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा बीसीसीआईका अध्यक्ष सौरभ गाङ्गुलीलाई हृदयघात भएकाे छ।

हृदयघात भएपछि उनलाई कोलकातास्थित वुडल्याण्डस अस्पताल भर्ना गरिएको हाे।

यद्यपी उनी खतरामुक्त रहेकाे बताइन्छ।

बुधबार मात्र गाङ्गुली इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्ने बारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी)सँग छलफल गरेका थिए। 

शनिबार बिहान भने उनको स्वास्थ्यमा समस्या देखिएको थियो। 

प्रकाशित मिति: : 2021-01-02 15:13:00

प्रतिकृया दिनुहोस्